बर्दिया । बर्दियाको गुलरिया—८ जय बागेश्वरी टोलमा घरमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा एक २० महिने बालक घाइते भएका छन् ।
सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाले उनलाई आक्रमण गरेको स्थानीयले बताएका छन् ।
भेरी गंगा नगरपालिका—१३ जाजरकोट घर भई माइत आएकी रेजिना वलीका छोरा विक्रम शाहीलाई चितुवाले आक्रमण गरेको बताइएको छ ।
सोमबार बेलुकी झम्टिन लाग्दा स्थानीयले हो–हल्ला गरेपछि चितुवाले भागेको बताइएको छ । चितुवाबाट आक्रमणमा सामान्य घाइते भएका शाहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।