देशभर आज थप ३ हजार १७५ जनामा कोरोना पुष्टि

न्युजलय २१ माघ २०७८, शुक्रबार १२:४२ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६०५ जनामा गरिएको परीक्षणमा ३ हजार १७५ जनामा कोरोना पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा कोरोना पुष्टि भएको थियो ।


त्यस्तै २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


सोही अवधिमा ८ हजार ७२३ जनाले कोरोनालाई जितेका छन् । अहिले देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित छन् ।


नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।