भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

न्युजलय १६ चैत २०७८, बुधबार ०३:०३ मा प्रकाशित

काठमाडौँ । भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।


काठमाडौँ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।


आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र अवतरण प्रभावित बनेको थियो।


मौसममा सुधार हुने बित्तिकै उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ।