ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

न्युजलय २७ भदौ २०७९, सोमबार ०८:५२ मा प्रकाशित

जनकपुरधाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन प्रयास गरेका ११ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । 

अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर पुगेका हुन् । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेका थिए । 

जनकपुर एयरपोर्टबाट तिरुहुतीया गाछी सभास्थल जाने बेलामा क्याम्पस चोक अगाडि नागरिकता विहिन युवाहरुले कालो झण्डा देखाउने तथा सवारी अवरुद्ध गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।