ओखलढुङ्गाका चार जना कैदीबन्दीको कैद मिनाहा

न्युजलय ३ असोज २०७९, सोमबार ०५:३४ मा प्रकाशित

 ओखलढुङ्गा । ओेखलढुङ्गाका चार कैदिबन्दीको कैद मिनाहा गरिएको छ ।

आठौँ संविधान दिवसको अवसरमा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका चार जना कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा दश भरका ७०२ कैदीहरूलाई कैद छुट गर्नुभएकोमा जिल्लाका कारागार ओखलढुङ्गाका चार जना परेको बताइएको छ । 

कर्तव्य ज्यान मुद्दाका दुई र बहुविवाह मुद्दाका दुई गरी चार जनाको कैद सजाय मिनाहा भएको छ ।

तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिहरूको कैद सजाय मिनाहा भएको हो ।