पत्रकार देवानमाथि भएको आक्रमणको चौतर्फी विरोध

न्युजलय २२ मङ्सिर २०८०, शुक्रबार ०६:५८ मा प्रकाशित

विराटनगर । विराटनगरका पत्रकार प्रेम देवानमाथि भएको आक्रमणको चौतर्फी विरोध गरिएको छ । 


आवर विराटनगर डट नेटका समाचार संयोजक प्रेम देवानमाथि विराटनगर महानगरपालिका कार्याल परिसरभित्रै आक्रमण भएको थियो ।


विराटनगर ७ सात घुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनका क्रममा देवानलाई बोलाएर आक्रमण गरिएको थियो । 


दोषीलाई कारवाहीको माग गर्दै पत्रकार महासंघलगायत विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले विज्ञप्ती प्रकाशित गरेका छन् ।


आन्दोलनकारी समूहको आक्रमणबाट पत्रकार देवानको शरिरका विभिन्न भागमा चोट लागेको थियो ।