काठमाडौं विमानस्थलको सर्भर डाउन, सयौं यात्रु प्रभावित

न्युजलय २ असोज २०८०, मङ्गलबार ०७:१४ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) हुँदा कम्तीमा तीन वटा उडानका यात्रुको उडानमा ढिलाइ भइरहेको छ ।

त्यस्तै, विदेशबाट फर्किँदै गरेका सयौं यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ ।

अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरुको विमानस्थलस्थित संस्था ‘बोर्ड अफ एयरलायन्स रेप्रजेन्टेटिभ्स इन नेपाल (बान)’ का एक विदेशी प्रतिनिधिका अनुसार, मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन ।

सर्भर बिग्रिएका कारण अध्यागनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन् । यो जोखिमयुक्त हो ।

सर्भर बिग्रिँदा बायोमेट्रिक रेकर्ड राख्न सकिँदैन । यसरी नेपालमा रहेको अपराधी उम्किने वा नेपाल पस्ने (लुक्न आउने) उच्च जोखिम हुन्छ ।