काठमाडौं । ललितपुरको सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति २० दिनपछि भेटिएको छ । शुक्रबार विहान ललितपुरको करुणा मन्दिरबाहिर पेटीमा फेला परेको हो । मूर्ति शुक्रबार नै बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पूर्ववत् ठाउँमा पुनस्र्थापना गरिएको छ ।
बोराभित्र राखिएको अवस्थामा स्थानीयले मूर्ती देखेका थिए । मूर्ति हराएपछि सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरिएको थियो । ‘चोरी गरेर लैजाने व्यक्तिमाथि व्यापक खोजी तथा जनदबाब परेकाले त्यसलाई थेग्न नसकेर मूर्ति छाडेर गएको अनुमान गरिएको छ ।
सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुप¥यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे ।