गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्याय बैंकिङ कसूरमा पक्राउ

न्युजलय ९ बैशाख २०७९, शुक्रबार ०१:२३ मा प्रकाशित

काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन्। 

  

उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट पक्राउ गरेको हो। 

 

अंगद खड्काको जाहेरीपछि उपाध्यायको खोजी गरेको प्रहरीले बिहीबार पक्राउ गरेको हो। उनका विषयमा थप जाहेरी आउने क्रम जारी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।