इन्डोनेसियाको उत्तरी सुलावेसीमा ६.१ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प

न्युजलय ८ माघ २०७८, शनिवार ०१:१९ मा प्रकाशित

काठमाडौं । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार(आज) ६.१ म्याग्‍निच्यूडको भूकम्प गएको छ । 

भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको  मौसम विज्ञान र भू भौतिकी एजेन्सीले जनाएको छ।

जकार्ता समय अनुसार बिहान ९ः २६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिण पूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ।