ताप्लेजुङको सुकेटार विमानस्थलमा काठमाडौंबाट पुनः सुरू भयो सिधा उडान

न्युजलय १८ भदौ २०८०, सोमबार ०८:१४ मा प्रकाशित

काठमाडौं । खराब मौसमका कारण जेठदेखि उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि पुनः उडान सुरू भएको छ । ताप्लेजुङको सुकेटार विमानस्थल पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरा पुग्ने गेट समेत हो ।

मंसिरसम्म तीर्थस्थल पाथिभरा पुग्ने सिजन मानिन्छ । त्यसपछि भने हिँउ पर्न थाल्ने भएकाले यहाँ पुग्न सहज हुँदैन । काठमाडौंबाट नेपाल वायुसेवा निगमले सिधा उडान सुचारु गरेको हो । 

उडान साताको तीन दिन (सोमबार, बिहीबार र शनिबार) हुने छ । काठमाडौंबाट बिहान ६ः१५ मा उड्ने जहाज एक घण्टाको उडानपछि पाथिभरा पुग्ने छ ।