अफगानिस्तान पाकिस्तान सीमाको विष्फोट, ९ बालबालिकाको मृत्यु

न्युजलय २७ पुस २०७८, मङ्गलबार ११:०० मा प्रकाशित

काठमाडौं । अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमामा भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ । 

सोमबार  दिउँसो भएको विष्फोटमा परी चार जनाको अवस्था गम्भीर रहेको छ । यसको पुष्टि अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत गरेको छ ।

तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयानमा दिइएको जानकारी अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री लिएर गएको गाडीमा यो विष्फोट भएको हो ।

मिडिया रिपोर्टका अनुसार नागरार प्रान्तको लालोपुर इलाकामा यो विष्फोट भएको हो  । यहाँ पाकिस्तानको चेक पोइन्ट  र काँडेदार तारहरु रहेका छन् । यो क्षेत्रमा आतंकवादी संगठन इस्लामिक स्टेट सक्रिय रहँदै आएका छन् ।

उनीहरुको तालिबानसँग हिंस्रक भिडन्त हुँदै आएको छ । आइएस आतंकवादी तालिवानको चेक पोष्ट्समा पनि हमला पनि गर्छन् । यो संगठन सन् २०१४ देखि नै यो क्षेत्रमा आतंकवादी गतिविधि गर्दै आएको छ । यिनीहरुको धेरै हमला सिया अल्पसंख्यक बिरुद्ध हुँदै आएको छ ।