देशभर आज थप ४३५ जनामा कोरोना पुष्टि

न्युजलय ६ साउन २०७९, शुक्रबार १२:०८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विवरण अनुसार १६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १७ र १९ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । 


यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २५३७ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौंमा १३६९ जना, ललितपुरमा २०६ जना र भक्तपुरमा ५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ। 


मन्त्रालयको विवरण अनुसार हाल देशभर १९ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ।