योगी आदित्यनाथले दोस्रोपटक मुख्यमन्त्रीको सपथ लिदैं

न्युजलय ११ चैत २०७८, शुक्रबार ११:२७ मा प्रकाशित


 काठमाण्डौ । उत्तर प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित भएका योगी आदित्यनाथले आज सपथ लिदैंछन्। लखनऊ इकाना रंगशालामा भारतीय समयअनुसार साँझ ४ बजे योगीले शपथ लिनेछन्।

४९ वर्षका योगी उत्तर प्रदेश (यूपी) का ३८ औं मुख्यमन्त्री बन्नेछन्।

बिहीबार साँझ विधायक दलको बैठकमा पर्यवेक्षयक अमित शाहको उपस्थितीमा योगी संसदीय दलको नेता चुनिएका थिए।

योगीको सपथ ग्रहण कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, बाबा रामदेव लगायत विभिन्न मठ र मन्दिरका महन्तहरूलाई बोलाइएको छ।

विधानसभा चुनावमा भारतीय जनता पार्टीले ४ सय ३ मध्ये २ सय ७३ सिट जितेपछि योगी मुख्यमन्त्री बनेका हुन्। यूपीमा ३७ वर्षपछि पहिलोपटक लगातार दुईपटक विधानसभामा स्पष्ट बहुमत ल्याएर कुनै पार्टीले सरकार बनाएको हो।