काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने प्रणाली लागु गर्ने भएको छ ।
बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माकाअनुसार एसईईमा अब एनजी अर्थात् कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा नन ग्रेड हुने प्रणाली लागू हुँदैछ । अब कक्षा ११ पढ्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।
कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्याएर परीक्षा दिनुपर्नेछ ।