भारतमा एकैदिन ८७१ संक्रमितको मृत्यु, २ लाख बढिमा संक्रमण

न्युजलय १५ माघ २०७८, शनिवार १२:२३ मा प्रकाशित

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। ओमोक्रन भेरियन्ट फैलिएपछि हालसम्म कै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो।

यस्तै, थप २ लाख ३५ हजार ५३२ जनामा संक्रमण देखिएको छ। ३ लाख ३५ हजार ९३९ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ पुगेको छ।  




्र