गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार ०८:५४ मा प्रकाशित

काठमाडौं । गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ ।


आज पनि यो प्रदेशको केही जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा चिसो बढ्दै गएको छ । 


हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् ।


यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने छ भने देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने छ ।