कुलमान घिसिङः ‘माओवादीको चुनावी पोस्टरबाट मेरो फोटो हटाउन भनेको छु’

न्युजलय ३० चैत २०७८, बुधबार ०५:१३ मा प्रकाशित

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को चुनावी पोस्टरबाट आफ्नो फोटो हटाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भनेका छन्।

आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको कुलमानले बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ।

माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो। उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ।

प्रचण्डको फेसबुकबाट यो पोस्टर आज बिहान सार्वजनिक गरिएको हो ।