पहिलो पटक रुसभित्र युक्रेनको आक्रमण

न्युजलय १८ चैत २०७८, शुक्रबार ०७:२८ मा प्रकाशित

काठमाडौं । युक्रेनले पहिलो पटक रुसी भूमिमा हमला गरेको छ । रुसको पश्चिमी शहर बेलगोरोड गभर्नरले शुक्रबार युक्रेनका २ हेलिकप्टरले त्यहाँको तेल डिपोमा हवाई हमला गरेको बताएको एएफपीले जनाएको छ ।


यो हमलामा दुई जना घाइते समेत भएका छन् । लडाइँमा दुवै देशका सेनाका साथ सर्वसाधारण मानिसको पनि ज्यान र धनमाल नोक्सानी भइरहेको छ ।