काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ५ हजार १५२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
पछिल्लो २४ घन्टामा ५४० जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ८ हजार ८३९ जना कोरोनाका सक्रिय संक्रमित छन्।