काठमाडौं । आइतबार(आज) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य आज तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मुल्य तोलाको १४ सय ७५ रुपैयाँ कायम रहेको छ ।