भारतमा एकैदिन १ लाख ६८ हजारमा कोरोना संक्रमण, २२७ को मृत्यु

न्युजलय २७ पुस २०७८, मङ्गलबार ११:५६ मा प्रकाशित

काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टामा थप १ लाख ६८ हजार ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सोमबारको तुलनामा संक्रमणदर भने ६.५ प्रतिशतले कम हो। सोमबार १ लाख ८० हजार जनामा संक्रमण देखिएको थियो।

भारतमा अहिलेसम्म ३ करोड ५८ लाख ७५ हजार ७९० जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको छ।

सबैभन्दा महाराष्ट्रमा कोरोना संक्रमण देखिएको छ। यहाँ पछिल्लो २४ घन्टामा ३३ हजार ४७० जनामा संक्रमण पुष्टि भएको छ। यसका साथै पश्चिम बंगालमा १९ हजार २८६,दिल्लीमा १९ हजार १६६, तमिलनाडुमा १३ हजार ९९० र कर्नाटकमा ११ हजार ६९८ जनामा संक्रमण देखिएको हो।

भारतमा पछिल्लो १४ घन्टामा कोरोनाबाट २७७ जनाको ज्यान गएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार २१३ पुगेको छ।