काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा दुई जना संक्रमितको निधन भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ ।
यस्तै २८३ जना संक्रमण मुक्त भएका छन् । योसंगै संक्रमण मुक्त हुनेको संख्या आठ लाख दश हजार ७८० पुगेको छ ।