न्युजिल्याण्डमा कोरोना तीव्र, एकै दिनमा २३ हजारबढीमा संक्रमण

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार १२:०४ मा प्रकाशित

काठमाण्डौ । न्युजिल्याण्ड अहिले ओमिक्रोन भेरिएन्टको प्रकोपमा परेको छ ।

न्युजिल्याण्डमा हिजो मात्रै २३ हजार १ सय ९४ नयाँ संक्रमित फेला परेका छन् ।

राजनीतिक दबाबमा सरकारले संक्रमण रोक्नको लागि बनाइएका कडा नियमहरू खुकुलो गरेसँगै महामारी फैलिएको बताइएको छ ।

यता हङकङमा पनि सोही गतिमा संक्रमण फैलिएको छ । त्यहाँ एकै दिनमा ३४ हजार बढी संक्रमितसम्म फेला परेका छन् ।