कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि अध्यादेश टेबल गर्ने

न्युजलय १४ असार २०८०, बिहिबार ०८:०० मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभामा बजेट अध्यादेश टेबल गर्ने भएका छन् । 

बिहीबारको प्रदेशसभा बैठकमा नै अध्यादेश टेबल गर्ने कार्यसूची रहेको जनाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार अध्यादेश टेबल भएपछि मात्रै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ ।