काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको थियो ।
अधिकारीले मन्त्रालयमा पठाएको सुझाव मिडियामा चुहाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टी जनाउँदै आएका थिए । खासगरी स्रोत नखुलेको एकै व्यक्तिको करोडौ रकम नेपाल भित्राउन शर्माले दबाब दिएको भन्दै गभर्नरले सुचना मिडियामा चुहाएका थिए । उक्त समाचारपछि शर्माको तीव्र आलोचना भएको थियो ।
गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने खतरा रहेको बताउँदै आएका थिए । उनले आफूले गभर्नरसँग सल्लाहकारको हिसाबले सुझाव लिँदा दबाब दिएको भन्ने अनावश्यक आरोप लाग्ने गरेको बताएका थिए ।