यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १३ जेठ २०७९, शुक्रबार ०१:३१ मा प्रकाशित

काठमाडौँ । स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशका केही स्थानको मौसम बदली भएको छ।


मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।


दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।