काठमाडौँ । भारतमा कोरोनाको तेस्रो लहरमा संक्रमितको संख्या घटेपनि मृत्यु हुनेको संख्या भने बढेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७२ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ८ जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै भारतमा एकै दिन २ लाख ५९ हजार १०७ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।