भारतको नागाल्यान्डमा सेनाको गोली लागेर १३ जना सर्वसाधारणको मृत्यु

न्युजलय १९ मङ्सिर २०७८, आइतबार ०१:३४ मा प्रकाशित

काठमाडौं । भारतको नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर १३ जना सर्वसाधारणको मृत्यु भएको छ । 

नागाल्यान्डको ओटिङ इलाकामा शनिबार राति सेनाको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार कम्तिमा १३ जनाको मृत्यु भएको बताइएको छ । 

घटनाप्रति केन्द्रीय गृहमन्त्री तथा राज्यका मुख्यमन्त्रीले दुःख प्रकट गर्दै उच्चस्तरीय जाँचबुझ कमिटी गठन गर्ने बताएका छन् । घटना जाँचबुझका लागि सेनाले कोर्ट अर्फ इन्क्वाएरी गठन गरेको छ ।

मोन क्षेत्रलाई नागा समूह एनएससीएन तथा उल्फाको गढ़ मानिन्छ । यो घटना राज्यमा मनाइने लोकप्रिय पर्व हार्नबिल फेस्टिवलको ठीक अघि भएको छ ।

भारतीय सञ्चार माध्यमले उग्रवादीहरुमाथि कारबाही गर्दा सर्वसाधारण मारिएको जनाएको छ ।