काठमाडौं । एकै परिवारका चार दाजुभाईले केटु हिमालको चुचुरोमा पुगेर विश्व कीर्तिमान बनाएका छन् ।
संखुवासभाको मकालु गाउँपालिकाका चार दाजुभाईले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका हुन् ।
उनीहरुले गत जुलाई २७ तारिखमा पाकिस्थानको स्थानीय अनुसार बिहान ११ः२० बजे केटु आरोहण गरेका थिए । कीर्तिमान बनाउने आङ दावा शेर्पा, पेचुम्बे शेर्पा, मुक्तु ल्हाक्पा शेर्पा र ङिमा दोर्ची शेर्पा छन् ।