स्वास्थ्य मन्त्री खापुङ वीर अस्पताल भर्ना

न्युजलय १० भदौ २०७९, शुक्रबार ०९:४२ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ वीर अस्पतालमा भर्ना भएका छन्। 

स्वास्थ्यमा समस्या आएपछि खापुङ शुक्रबार(आज) अस्पतालमा भर्ना भएका हुन्। 

खापुङलाई वाकवाकी हुने र रिगंटा लागेपछि मन्त्रीज्यु अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।   

खापुङ पछिल्लो एक हप्तायता गृह जिल्ला तेह्रथुम थिए। उनी हिजोमात्रै काठमाडौं फर्किएका हुन्। काठमाडौं फर्किएलगत्तै खापुङको स्वास्थ्यमा समस्या आएको हो।