भारतमा कोरोना संक्रमण बढ्यो, एकैदिन ९७५ जना संक्रमित थपिए

न्युजलय ३ बैशाख २०७९, शनिवार ०९:४० मा प्रकाशित

काठमाडौं । भारतमा शनिबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन् ।

 

यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४.३० करोड भएको छ ।


यस्तै शुक्रबार, यो संक्रमणका कारण ४ जनाको मृत्यु भएको थियो । यसअघि शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए र ६ जनाको मृत्यु भएको थियो ।


भारतमा कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युको आँकडा ५.२१ लाख भइसकेको छ ।


देशमा यतिबेला कोरोना भाइरस संक्रमितका कूल सक्रिय मामिलाको संख्या ११,१९१ छ ।