कोरोना संक्रमण बढेपछि दिल्लीमा निषेधाज्ञा

न्युजलय १२ पुस २०७८, सोमबार ०२:१४ मा प्रकाशित

काठमाडौं । नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै रात्रिकालीन निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो। सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो। 

पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ। उक्त सङ्ख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ। पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १०० भन्दा बढी छ। 

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ। हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण पुष्टि भएका बताइएको छ।