घट्यो सुनको मूल्य

न्युजलय २ बैशाख २०८१, आइतबार १२:०१ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार एक सय ५० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर एक हजार सात सय कायम भएको छ ।