इटहरी । पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी संगठनहरुले गरेको प्रदेश बन्दको दोस्रो दिन इटहरीबाट ५ जना पहिचानवादीहरु पक्राउ परेका छन् ।
इटहरीको विभिन्न ठाउँमा टायर बाल्दै राजमार्ग अवरुद्ध गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । इटहरीको बुढीखोला नजिक महेन्द्र राजमार्गमा टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गर्दै बाटो खुलाएको छ ।