रामधुनी ७ का वडाध्यक्ष केशव गौतम महिलासँग होटलमा रंगेहात भेटिए

न्युजलय २४ मङ्सिर २०८०, आइतबार १२:३९ मा प्रकाशित

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं– ७ का वडाध्यक्ष केशव गौतम एक महिलासँग होटलबाट रंगेहात पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले गौतमलाई महिलासँग होटलबाट रंगेहात पक्राउ परेका हुन् । धरानका डीएसपी नवराज मल्लले वडाध्यक्ष गौतम पक्राउ परेको पुष्टि गरे ।

गौतमलाई शनिबार  धरान–१२ चतरालाइनस्थित शुभकामना होटल एण्ड लजबाट रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रामधुनी–७ कै एक महिलासँग अर्धनग्न रूपमा रंगेहात भेटिएको बताइएको छ ।