झापा ५ बाट केपी ओलीको नाम सिफारिस

न्युजलय २० भदौ २०७९, सोमबार ०७:५६ मा प्रकाशित

  झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको बताइएको छ । 

२०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ ।