काडमाडौं । काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेटमा ४ दशमलव ७ रेक्टरको भूकम्प गएको हो ।
भक्तपुरको चाँगुनारायण आसपास भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघिको अनुमान अनुसार भूकम्प काठमाडौंदेखि १० किलोमिटर दक्षिणमा गएको थियो ।
भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।