विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुईको मृत्यु

न्युजलय २ जेठ २०७९, सोमबार ०७:५४ मा प्रकाशित

काठमाण्डौ । सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ भने १४ जना  घाइते भएका छन् । 

कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरूलाई करेन्ट लागेको हो ।

गाडीको छतमा झन्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई बिजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आएको छैन । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन ।