कोशी नदीमा पानीको बहाव खतरा तहमा

न्युजलय २० असार २०८०, बुधबार १२:०७ मा प्रकाशित

काठमाडौँ । मुलुकमा जारी मनसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । 

निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढेको छ । कोशी नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । 

जल तथा मौसम विज्ञान विभागले पनि कोशी नदीको बहाव बढेको जनाएको छ । सप्तरी, सिरहा, धनुषा जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । 

निरन्तरको वर्षाले सेती, कालीगण्डकी नदीको माथिल्लो भेगमा पानीको बहाव बढेको छ ।