माओवादी केन्द्रद्वारा पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर

न्युजलय २१ साउन २०८०, आइतबार ०८:१३ मा प्रकाशित

काठमाडौँ। नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। 

आज सकिने केन्द्रीय समिति बैठक अगाडी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन टुंग्गो लगाएको हो।

बैठकले अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ। उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ। अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ। यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ।

बैठकले बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव जनार्दन शर्मालाई दिएका छन्। अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ।

मधेश प्रदेशका इन्चार्जमा सचिव देवेन्द्र पौडेल, सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।