काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नक्कली डाक्टर विरुद्धको अपरेसन ‘फोक्सट्रोट चार्ली’मा पक्राउ परेका सक्कली डाक्टर रिहा भएका छन् ।
साउन २५ गते पक्राउ परेका महोत्तरी पिपरा गाउँपालिका–८ का डा. रञ्जितकुमार यादव सोमवार(आज) रिहा भएका हुन् ।
यादवलाई विना सर्त छोडिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । नक्कली डाक्टर प्रकरणमा पक्राउ परेका उनी बिनसित्ति चार दिन हिरासतमा बसेर रिहा भएका हुन् ।