चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ जना नेपाली पक्राउ

न्युजलय १९ साउन २०७९, बिहिबार ०६:१७ मा प्रकाशित

 काठमाडौँ। काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबै नेपाली रहेको प्रहरीले जनाएको छ।

उनीहरुले चिनियाँ नागरिकलाई बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको बाताइएको छ। तीन चिनियाँ नागरिकसँग उनीहरूले एक करोड फिरौती माग गरेका थिए।

जिल्ला प्रहरी परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन।