थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

न्युजलय २७ फाल्गुण २०७८, शुक्रबार ०९:०९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा  १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।