१२ आषाढ २०७९ आइतवारको राशिफल

न्युजलय १२ असार २०७९, आइतबार ०६:५८ मा प्रकाशित

मेष । आज मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

बृष । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मिथुन । आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर धार्मिक र सामाजिक काममा सरिक भइनेछ ।

कर्कट । आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।

सिंह । आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ ।

कन्या । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

तुला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, शेयर बजारको लगानीमा पनि कमी आउला ।

बृश्चिक । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

धनु । वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ ।

मकर । आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारको लगानीले राम्रै फाइदा देला ।

कुम्भ । घरमा नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

मीन । बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।