झापा । राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी झापामा घुससहित पक्राउ परेका छन् ।
जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हल्दिबारी गाउँपालिकामा कार्यरत उनीहरुलाई स्थानीय गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि पक्राउ गरिएको हो ।
उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताएका छन् ।