भित्रीवस्त्रमा लुकाइराखेको आधा किलो सुनसहित धनुषाका एक युवक पक्राउ

न्युजलय २६ जेठ २०७९, बिहिबार ०७:४५ मा प्रकाशित

काठमाडौँ ।  कतारबाट आएको अवैध सुनसहित एक युवा पक्राउ परेका छन्।

बिहीबार बिहान कतार एयरवेजको क्युआर ६५२ हुँदै नेपालका आएका धनुषाका एक युवालाई एयरपोर्ट भन्सार कार्यालयले पक्राउ गरेको हो।

उनको साथबाट ४६६.५ ग्राम र सिक्री आकारको सुन थान १ तौल ५० ग्राम गरी कुल तौल जम्मा ५१६.५ ग्राम सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सारले जनाएको छ ।  

उनले सो सुन लगाइराखेको भित्री वस्त्रमा फल्स पकेट बनाई बिस्कुट आकार बनाई राखेका थिए।