पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन

न्युजलय १५ जेठ २०७९, आइतबार ०४:५१ मा प्रकाशित

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । 

१९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराले जनाएको छ ।   

प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो । १०ः१० सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।

त्यसपछि भने जहाज सम्पर्कमा छैन ।