इटहरी । इटहरीमा एउटा संस्थासहित पाँच जना व्यक्ति सम्मानित भएका छन् । कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व तथा जेष्ठ नागरिक समाज नेपाल इटहरीका संस्थापक अध्यक्ष स्वर्गीय केवलमान विष्टको स्मृति दिवसमा उनीहरुलाई सम्मान गरिएको हो ।
केवलमान विष्ट स्मृति प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा खेलकुदतर्फ ममता राई, साहित्यतर्फ गायत्री लम्साल, गीत संगीत तर्फ सत्यनारायण चौधरी, पत्रकारितातर्फ दिपक कार्की, समाजसेवातर्फ जिवन विज्ञानका प्रदेश अध्यक्ष केदारमान कार्की छन् । यस्तै मृगौला उपचारको लागि इटहरीका पत्रकार पीवी दियालीलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो ।
कोशी प्रदेशका मन्त्री कमल जबेगूले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष रमेश कुमार बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा केवलमान बिष्टको योगदानको बारेमा जेष्ठ नागरिक खगेन्द्र निरौलाले बोलेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक कोशी प्रदेश अध्यक्ष पुन्य प्रसाद न्यौपानेलगायत इटहरीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।