भारतको श्रीनगरमा आतङ्कवादीको आक्रमण, दुई प्रहरीको मृत्यु

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०९:१९ मा प्रकाशित

काठमाडौं । भारतको जम्मु र कश्मीरको श्रीनगर जेवानमा रहेको आतंकवादीहरूले प्रहरीको गाडीमा गोली चलाउँदा दुई प्रहरी जवानको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।


सोमबार पुलिस क्याम्प नजिकै गोली चलेको हो। घाइते जवानहरूको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर जोन प्रहरीले जनाएको छ।


नगरको पान्थाचोक क्षेत्रमा भएको आक्रमणमा परी एक असई र एक सिलेक्शन ग्रेड हवल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउँन बाँकी छ।